नेप्से परिसूचक दोहोरो अंकले उकालो, ७१ करोडको सेयर किनबेच

  २०७४ कार्तिक २७ गते १५:२१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार १६ अंकले उकालो लागेको नेप्से साताको दोश्रो दिन पनि दोहोरो अंकले बढेको छ ।  सोमबार नेप्से १३ अंकले उकालो लागेर १४९० अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार रकममा झण्डै दोब्बरले वृद्धि भएको छ । सोमबार ७१ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३१ करोड ७५ लाख रुपैयाँ बढी हो । आइतबारको बजारमा जम्मा ३९ करोडको करोबार भएको थियो । सोमबार १५८ कम्पनीको १७ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड २४ लाख २६ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु बैंकको पनि ५ करोड रुपैयाँको प्रमोटर सेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ७५ अंकले बढेको छ । होटल र विकास बैंक समूह ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.