कञ्चन डेभलपमेन्ट बैंकले १६ प्रतिशत बोनस सेयर दिने

  २०७४ कार्तिक २७ गते १३:१७     विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८४ प्रतिशत(अर्थात २९ लाख २३ हजार रुपैयाँ) नगद लभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कात्तिक २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

बैंकले गत आवमा ७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । हाल बैंकको पुँजी ४५ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पश्चात बैंकको पुँजी ४९ करोड ५४ लाख रुपैयाँ पुग्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.