सानिमा बैंककाे सीईओमा भुवन दाहाल पुनः नियुक्ती

  २०७४ कार्तिक २७ गते ११:५५     विकासन्युज

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भुवन दाहालको पुनःनियुक्ती भएकाे छ ।

आगामी माघ १२ गते पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा सञ्चालक समितिले आईतबार थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले पुनः ४ वर्षका लागि नियुक्त गरेको हो ।

हाल बैंकको नाफा, कर्जा लगानी, निक्षेप परिचालनलगायत अन्य परिसूचक सकरात्मक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.