बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन, ३ दिनमा नआए प्रहरीलाई जिम्मा दिने

  २०७४ कार्तिक २६ गते १७:०३     पवन तिमिल्सिना

काठमाडौं । सेवा शुल्कका नाममा बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन भएका छन् ।

आपूर्ति विभागले कार्यालयमा उपस्थित हुन तीन दिनको समय दिए पनि सञ्चालक अनुपस्थित भएका हुन् । स्पष्टिकरणका लागि विभागमा उपस्थित हुन गत शुक्रबारसम्मको म्याद िदएकाे विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

‘स्पष्टिकरण सहित विभागमा उपस्थित हुन पत्र काटेका थियौं,’ उनले भने, ‘तर कोही पनि उपस्थित भएका छैनन् ।’

उनका अनुसार विभागले अस्पताललाई थप ३ दिनको म्याद थपेको छ । सञ्चालक वा प्रतिनिधी नै उपस्थित नहुँदा कारबाही प्रकृया प्रभावित भएको छ । आगामी तीन दिनभित्र उपस्थित नभए सो मुद्दा प्रहरीलाई जिम्मा लगाउने तयारीमा रहेको दाहालले जानकारी दिए ।

गत साता मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको थियो । विभागका महानिर्देशक दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए ।

त्यस्तै स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको भन्दा बढी बेड सञ्चालनमा ल्याएको थियो ।अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको थियो ।
यो पनि पढ्नुहोस् –

नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.