कांग्रेसले शेर्पा समुदायको सम्मान गरेको छ : प्रधानमन्त्री देउवा

  २०७४ कार्तिक २६ गते १६:४७     विकासन्युज

सोलुखुम्बु । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजाति र तिनको धर्म तथा संस्कृतिको सम्मान लोकतान्त्रिक व्यवस्थामा मात्र हुने र कम्युनिष्ट शासनमा व्यक्तिगत र धार्मिक स्वतन्त्रता नहुने बताएका छन् ।

आइतबार बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रसंग उल्लेख गर्दै काँग्रेस सधैँ शेर्पा समुदायको साथमा छ भने ।

उनले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताए ।

उनले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताए । सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पुर्याउन माग गरेका छन् । उम्मेदवार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गरे ।

चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताए। कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.