एमाले महासचिव पोखरेलले भनेः केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको छैन

  २०७४ कार्तिक २६ गते १५:१०     विकासन्युज

काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकारको नेतृत्वबारे पार्टीले औपचारिक निर्णय नगरेको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्ने तर पार्टीले अहिले नै निर्णय भने नगरेको स्पष्ट पारेका हुन् ।

‘पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ’, पोखरेलले भने । उनले योग्य र सक्षम व्यक्तिलाई पार्टीले प्रधानमन्त्री बनाउने पनि बताए ।

पोखरेलले मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दावी पनि गरे । उनले चुनाव लगत्तै एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताए ।

बामपन्थी गठबन्धनले स्वतन्त्रता हनन गर्छन भन्ने काँग्रेस नेताहरुको मानसिकता बिग्रेका आरोप पनि लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.