क्षेत्र नम्बर ७ का जनतालाई हिरो बनाउने रामविर मानन्धरको चुनावी एजेण्डा

  २०७४ कार्तिक २६ गते १४:३४     विकासन्युज

काठमाडौँ । मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्तगत काठमाडौँ क्षेत्र नम्बर ७ का बामपन्गथी उम्मेदवार रामबिर मानन्धरले हिरो योजना अघि सारेका छन् । उनले हिरो योजना अन्तर्गत नागरिकलाई हिरो बनाउने योजना अघि सारेका हुन् । उनले HERO योजना अन्तर्गत H बाट हेल्थ अर्थात स्वस्थ , E बाट एजुकेशन अर्थात शिक्षित, R बाट रिच अर्थात धनी बनाउने र O बाट अर्गनाइजर अर्थात संगठक बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले गत संबिधान सभा र रुपान्तरिक व्यवस्थापिका संसदमा आफुले खलेको भूमिका तथा क्षेत्रको विकासमा पुर्याएको योगदानका कारण आफ्नो जित सुनिश्चित भएको दावी पनि गरेका छन् । बाम गठबन्धनका उम्मेदवार मानन्धरसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका नेता विक्रम थापा प्रतिष्पर्धामा छन् ।
दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई पराजित गरेर राष्ट्रिय राजनितिमा चर्चामा आएका मानन्धरलाई नै वाम गठबन्धनले प्रतिनिधि सभाका लागि उमेद्वार वनाएको हो । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।

यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । स्थानिय तहको मतकै आधारमा पनि बाम गठबन्धन बलियो छ भने रामविरको व्यक्तिगत लोकप्रियताका आधारमा मतान्तर अझै बढ्ने अनुमान गर्ने दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.