कैलाश विकास बैंकको लाभांश ११ लाख रुपैयाँले घट्यो

  २०७४ कार्तिक २६ गते १४:१६     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकको लाभांश ११ लाख ३२ हजार ८२९ रुपैयाँले घटेको छ । बैंकले पूर्व धोषित लभांशमा ११ लाख ३२ हजार ८२९ रुपैयाँ घटाएर कुल २१ करोड ६५ लाख ५८ हजार ३७५ रुपैयाँ नगद लभांश दिने भएको छ । यसअघि बैंकले आफ्ना सेयरधनीलाई २१ करोड ७६ लाख ९१ हजार २०४ रुपैयाँ नगद लभांश दिने घोषणा गरेको थियो ।

बैंकले नेपाल राष्ट्र बैंकको पत्र अनुसार पूर्व धोषित नगद लभांशमा परिवर्तन गरेको हो । साथै, बैंकले चुक्ता पुँजीको २२ करोड ९१ लाख ४८ हजार ८०० रुपैयाँ बराबरको (अर्थात १० प्रतिशत) बोनस सेयर वितरण गर्ने प्रस्ताव राखेको छ ।

कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा मंसिर १५ गते हुँदै छ । सो प्रयोजनको लागि मंसिर १ गतेदेखि १५ गतेसम्म(१५ दिन) बुक क्लोज हुने भएको छ ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी २ अर्ब ५२ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.