२ अर्ब ३३ करोडको हकप्रद सेयर आउँदै, एकैदिन तीन कम्पनीले पाए बोर्डको अनुमति

  २०७४ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । बजारमा विभिन्न तीन कम्पनीका २ अर्ब ३३ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले एकैदिन(कात्तिक २३ गते) तीन कम्पनीलाई सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति सँगै सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र साङ्ग्रिला डेभलपमेन्ट बैंकले कुल २ करोड ३३ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् ।

सेन्ट्रल फाइनान्सले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। बैंकलाई २ करोड ७ लाख कित्ता सेयर बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट मार्फत बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई (३० प्रतिशत) १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत बिक्री गर्न अनुमति दिएको हो ।

त्यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको छ । यस बैंकले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर १२ करोड ८३ लाख रुपैयाँमा बिक्री गर्ने भएको छ । बैंकलाई सो मात्राको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत निश्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.