भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदको बिक्री आजदेखि खुला, कहाँबाट दिने आवेदन ?

  २०७४ कार्तिक २४ गते १४:२५     विकासन्युज

काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत(१० बराबर ८ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले कात्तिक २४ गते(आज)देखि एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता हकप्रदको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आजदेखि मंसिर २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ ।
कहाँबाट दिने आवेदन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.