काठमाडौं २ मा माधव नेपाल ९३०१ मतले अगाडी

  २०७४ कार्तिक २४ गते १३:५२     विकासन्युज

माधव कुमार नेपालसँग प्रदेश सभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुँयाल

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा बामपन्थी गठबन्धनका साझा उम्मेदवार नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ९३०१ मतले अगाडी देखिएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मतका आधारमा नेपाल ठुलो मत अन्तरमा अघि देखिएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नम्बरसम्मका वडा र शंखरापुर नगरपालिकाका ९ वटै वडाहरु समेटिएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा एमाले एक्लैको मत १९१९६ रहेको छ । यहाँ काँग्रेसको मत १५६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेस भन्दा एमाले एक्लैको मत ३५६९  बढि छ । यसमा माओवादीको कुल मत ५७३२ जोड्दा २४९२८ पुग्छ । यो मत काँग्रेसको भन्दा ९३०१ मतले बढि हो ।

महानगरपालिकाका २ वडामध्ये ९ नम्बरमा एमाले उम्मेदवारले २५१७ मत पाएर विजयी भएका छन भने ३२ नम्बरमा ५८७९ मत पाएर एमाले उम्मेदवार नै विजयी बनेका छन् । महानगरका २ वडामा एमालेको मत ८३९६ रहेको छ । ९ नम्बर वडामा काँग्रेसको मत २१२५ र ३२ मा ४०१९ गरि ६१७५ मत रहेको छ । महानगरमा माओवादीको मत ९ नम्बरमा ५८५ र ३२ मा ७६३ गरि १३४८ मत रहेको छ । महानगरपालिका २ वटा वडामा एमाले र माओवादीको मत जोड्दा ९७४४ पुग्छ ।

कागेश्वर मनहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म यहि निर्वाचन क्षेत्रमा पर्छन् र यहाँ एमालेले मेयर र उपमेय दुबै जितेको छ । यी ६ वडामध्ये ४ वटा वडा जितेको एमालेको मत ६१४१ छ भने २ वडा जितेको काँग्रेसको मत ५८५९ छ । यहाँ माओवादीले १६४४ मत पाएको देखिन्छ । एमाले र माओवादीको मत जोड्दा ७७८५ मत पुग्छ ।

उता शंखरापुर नगरपालिकामा पनि मेयर र उपमेयर दुबै पद एमालेले नै जितेको छ । शंखरापुरका ९ मध्ये पाँच वडा जितेर एमालेले ४६५९ मत ल्याएको छ । यहाँ काँग्रेसको मत ३५९३ छ भने माओवादीको मत २७४० रहेको छ ।  शंखरापुरमा एमाले र माओवादी मिल्दा ७३९९ मत पुग्छ । यो मत काँग्रेसको भन्दा ३८०६ ले बढि हुनआउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.