माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको कहिलेदेखि बुक क्लोज ?

  २०७४ कार्तिक २४ गते १२:५७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बुक क्लोज हुँदै छ । यी दुबै बैंकले आ-आफ्नो साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेका हुन् ।

माछापुच्छ्रे बैंकको आगामी मंसिर १ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त साभामा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश( ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश) दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लक्ष्मी बैंकको पनि मंसिर ११ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज हुन लागेको छ । यस बैंक मंसिर २८ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ ।

यस बैंकले पनि साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने छ । असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रूपैयाँ छ । बोनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.