एनआईबिएल र एस क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी २७ करोड पुग्ने

  २०७४ कार्तिक २३ गते १७:०८     विकासन्युज

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. र एस क्यापिटल लि. बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको निती तथा निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु/गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएका छन् । एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंकलाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंकमा समाहित भएको हुनाले सो मात्राको लगानी रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.