युनियन र साझालाई प्राप्ति पश्चात देवद्धारा बिहीबारदेखि एकिकृत कारोबार शुरु

  २०७४ कार्तिक २३ गते १६:४१     विकासन्युज

काठमाडौं । देवः विकास बैंकले युनियन फाइनान्स तथा साझा विकास बैंकलाई प्राप्ति गरी बिहीबार(आज)देखि एकिकृत कारोबार शुरु गरेको छ । उक्त “शुभारम्भ कार्यक्रम” को उद्घाटन बिहीबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले गरेका हुन् ।

यी दुई कम्पनी एक्युजिशन पश्चात् देवः विकास बैंकको चुक्ता पूँजी १ अर्ब ६३ करोड पुग्ने छ । त्यस्तै कार्यक्रममा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले नपुग पूँजीका लागि चाँडै नै ४० प्रतिशत हकप्रद सेयर जारी गरिने तथा बोनस सेयर वितरण गरिने बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीले देवः विकास बैंकले शाखा विस्तार सँगसँगै गुणस्तरिय सेवाको विकासमा समेत जोड दिएर उत्कृष्ट बैंकको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, यस अवसरमा कैलालीको धनगढीमा आयोजित “शुभारम्भ कार्यक्रम” को नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक, नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

साे अवसरमा कास्कीको पोखरामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखरा क्षेत्रिय कार्यालयका मुख्य व्यवस्थापक पोमनाथ गौत्तमले उद्घाटन गरेका छन् ।

युनियन फाइनान्स र साझा विकास बैंकको प्राप्ति पछि देवः विकास बैंकको निक्षेप १२ अर्ब ७८ करोड रुपैयाँ तथा कर्जा ११ अर्ब २८ करोड रुपैयाँ पुगेको देव विकास बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल सम्म बैंकले कुल ४९ वटा शाखा बाट बैंकिङ सेवा दिँदै आइरहेको छ । त्यसैगरी, नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तार पछि यस बैंकको व्यवसाय मध्य तराइमा समेत विस्तार हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.