एनएमबी बैंकले ल्यायो अटोलोन योजना, ब्याज पनि नबढ्ने र शुल्क पनि नलाग्ने

  २०७४ कार्तिक २३ गते ८:२९     विकासन्युज

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, एनएमबी बैंकले वार्षिक ब्याजदर नबढ्ने र प्रशासनिक र अतिरित्त शुल्क पनि नलाग्ने गरी एनएमबी अटोलोन योजना ल्याएको छ ।

५ वर्षसम्म उपलब्ध अटोलोनमा ब्याज दर नबढ्ने र प्रशासनिक र अतिरित्त शुल्क नलाग्ने ब्यवस्था गरेको बैंकले जानकारी दिएको छ । बैंकले ५ वर्षसम्म स्थिर र २ वर्ष परिवर्तनिय ब्याजदर हुने बताएको छ ।

७ वर्षिय कर्जा परिवर्तनिय ब्याज दरमा पनि उपलब्ध भएको बैंकले जनाएको छ । घरकर्जाका ग्राहकले अटोलोन लिदा कर्जा अवधि १५ वर्षसम्म विस्तार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले टोल फ्रि नम्बर १६६००१२५२५२ नम्बरमा सम्पर्क गर्न भनेको छ । बैंकले ३५ वर्षका लागि होमलोन योजना पनि ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.