माहुली सामुदायिक लघुवित्तको कात्तिक २६ गतेदेखि १४ दिन बुक क्लोज

  २०७४ कार्तिक २२ गते १३:१२     विकासन्युज

काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको कात्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि उक्त दिन संस्थाको दर्ता पुस्तिका बन्द गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर ९ गते हुने भएको छ । सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र १० प्रतिशत नगद लभांश) दिने प्रस्ताव लैजाँदै छ । साथै, सभाले सो मात्राको बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीको सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । उक्त बोनस र हकप्रद सेयर पश्चात कम्पनीको पुँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.