प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर पारित

  २०७४ कार्तिक २१ गते १८:१०     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पुँजीको १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित भएको छ । साथै, कम्पनीको सो मात्राको बोनस पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनी सञ्चालक समितिको निर्णय पारित भएको छ ।

उक्त निर्णयलाई कात्तिक २१ गते बसको कम्पनीको २२ औं वार्षिक साधारण सभाले पारित गरेको छ । सभाले पारित गरे बमोजिम कम्पनीले १९.२० प्रतिशत बोनस पश्चात कायम हुने पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको पुँजी वृद्धिको लागि सो मात्राको बोनस र हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले आर्थिक वर्ष ०७३÷०७४ मा खुद मुनाफा १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले ८३ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.