नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्

  २०७४ कार्तिक २१ गते १३:५४     विकासन्युज

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ ।

१, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ ।

२, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् ।

३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन ।

४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ ।

५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन ।

बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.