“महालक्ष्मी साहित्य पुरस्कार” चितवनको धनराज गिरिलाई

  २०७४ कार्तिक २० गते १३:५०     विकासन्युज

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरिले पाएका छन् । गिरिलाई एक समारोहका बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार दिएका हुन् । गिरिले उक्त पुरस्कार स्वरुप २१ हजार एक रुपैयाँको चेक पाएका छन् ।

उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरिएको थियो । उक्त समारोहमा साहित्य विद्याका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पुर्याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको थियो । सो पुरस्कार “यति साहित्य पुरस्कार” हुँदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” ।

साथै, पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरि यसै बर्षदेखि २१ हजार एक रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.