महालक्ष्मी साहित्य पुरस्कार हास्य विधाका धनराज गिरीलाई प्रदान

  २०७४ कार्तिक २० गते १२:२५     विकासन्युज

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरीलाई प्रदान गरिएको छ । साहित्यकार डा. तुलसी भट्टराई र महालक्ष्मी विकास बैंकका हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका छन् ।

उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरीएको थियो । उक्त समारोहमा साहित्य विद्याका अगुवा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पु¥याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको सो पुरस्कार “यति साहित्य पुरस्कार” हुंदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” । यस पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरी यसै बर्षदेखि २१ हजार १ रुपैयाँ पु¥याइएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.