एक सातापछि नेपाली बजारमा सार्वजनिक हुँदैछ हुवावेको नयाँ स्मार्टफोन नोवा आई टू, यस्तो छ फिचर्स

  २०७४ कार्तिक १८ गते १४:२५     विकासन्युज

काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । हुवावेले एक भव्य समारोहबीच नोवा आई टु अर्को साता लञ्च गर्दैछ ।

गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो । अर्को सातादेखि नेपाली बजारमा आउने यो स्मार्टफोनका फिचर्सहरु यस्ता छन्:

कालो, निलो र गोल्डेन रंगमा रहेको यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८० x२१६० पिक्सल रहेको छ ।

यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा-कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्‍याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

१६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा (सेल्फि क्यामरा) १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ ।

१५६.२० x७५ x७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.