झापामा सुरु भयो ठुटेवर मेला, साँस्कृतीक झांकीका साथै स्थानीय उत्पादनको प्रदर्शनी

  २०७४ कार्तिक १८ गते १२:१२     विकासन्युज

झापा । कात्तिक पूर्णिमा अघिल्लो दिनदेखि पाँच दिनसम्म चल्ने ठुटेवर मेला सुरु भएको छ । ‘धर्म, संस्कृती र संस्कार: ठुटेवर पर्यटन विकासको आधार’ भन्ने नारा सहित ठुटेवर संरक्षण तथा विकास समितिले शुक्रबारदेखि यो मेला आयोजना गरेको हो ।

ईलाम र झापाको सिमानामा पर्ने ठुटेवर बजारमा सुरु भएको मेलामा ९५ वटा स्टल रहेका छन् । मेलामा उखु, सुन्तला, डोको जस्ता स्थानीय उत्पादनका सामग्री प्रदर्शनीमा राखिएको छ । मेलामा प्रदर्शनीमा भारतको नक्सालका व्यापारीले पनि भाग लिएका छन् ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै दौड प्रतियोगिता र रोमाञ्चक कार्यक्रम आयोजना गरिएको छ । यो मेला हरेक वर्ष बैशाख र कात्तिक पूर्णिमाको एक दिन अगाडीदेखि ५ दिनसम्म मेला आयोजना हुने गरेको छ । मेलामा ईलाम र झापाबाट करिब २१ जनाले दौडमा भाग लिएका छन् भने अन्य खेलको कार्यक्रम नियमित जारी रहनेछ ।

आयोजक ठुटेवर संरक्षण तथा विकास समितिका प्रचार संयोजक विष्णूप्रसाद लामिछानेका अनुसार मेलाको अन्तिम दिनमा दौड प्रतियोगिताको घोषणा गरिनेछ । विजयी हुनेलाई अर्को वर्षको मेलामा सभापति बन्ने व्यवस्था गरिएको उनले बताए । उनले झापा र ईलाम मात्रै नभएर छिमेकी मुलुक भारतबाट पनि हजारौं मानिसहरु मेलाको अवलोकन गर्न आउने भएकाले ठुटेवर पर्यटकीय गन्तव्य बनेको उनले बताए ।

बुद्धशान्ती गाँउपालिकाको वडा नम्बर ६ मा अवस्थित ठुटेवर परापूर्व कालदेखि नै मेलाको लागि प्रख्यात छ । मेलामा राई, लिम्बु लाप्चा जस्ता जातजातीको परम्परालाई झल्काउने किसिमका झाँकीहरु प्रदर्शन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.