सरकारले तोकेको कडा रोगहरुको उपचार अब चितवनकाे पुरानो मेडिकल कलेजमा पनि

  २०७४ कार्तिक १७ गते १७:२८     विकासन्युज

काठमाडौं । २३ वर्ष देखि स्वास्थ्य सेवा दिइरहेको चितवनकाे  पुरानो मेडिकल कलेज यस अस्पतालमा अब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनि उपचार पाइने भएको छ । कडा रोगहरु मध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा पनि सुचारु भएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताए ।

यो सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने छ ।

श्रेष्ठका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिले देखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ ।

“नेपालकै सबैभन्दा बढि विशेषज्ञ डाक्टरहरु कार्यरत यस शिक्षण अस्पतालमा सेवा ग्राहीहरुले साँच्चै गुणस्तरीय उपचार सेवा पाउने कुरामा दुई मत छैन,” श्रेष्ठले भने । उनको अनुसार नेपालमा काठमाडौँ बाहिर एकमात्र ३ टेस्ला क्षमताकोःआरआई सेवा उपलब्ध भएको यस अस्पतालमा १६७ स्लाइस क्षमताको सीटीस्क्यान टिवाईएफ डिजिटल एक्स्रे/यूएसजी सेवा उपलब्ध छ । अन्तरराष्ट्रिय प्रविधि युक्त भेन्टिलेटर सहितको अत्याधुनिक आइसियू/एचडियू/एनआईसीयू/पीआईसीयू तथा अप्रेशन थिएटर उपलब्ध यस अस्पतालको आफ्नै फार्मेसि समेत रहेको छ ।

काठमाडौ+ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ जिल्ला ट्राफिक कार्यलय चितवनको समन्वयमा सचेतनामूलक ट्राफिक चिन्ह अंकित बोर्डहरु भरतपुरका विभिन्न चोकहरुमा राखिएको, जिल्ला ट्राफिक कार्यलय चितवनका ब्रेथलाइजर २ यूनिट, इलाका प्रहरी कार्यलय मनहरीमा सीसी क्यामेरा, ई.प्र.का. भण्डारामा तथा रजहरमा फर्निचर र विभिन्न स्वास्थ्य संस्था तथा स्कूलहरुमा प्राथमिक उपचार सामाग्रीहरु पनि उपलब्ध गराएको छ । यसका अलावा विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न निःशूल्क शिविरहरु पनि आयोजना गरेको अस्पतालका सिनियर मार्केटिङ म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए ।

साथै, आगामी दिनमा जुनसुकै रोगहरुको सुलभ र गुणस्तरीय उपचार दिई सेवाग्राहीलाई विदेश वा भारत गई आर्थिक भार, समय र स्वास्थ्य बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा निरन्तरता दिईने कुरा प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.