एसियन लाइफ इन्स्योरेन्सको पाल्पा र घोराही उपशाखा शाखामा परिणत

  २०७४ कार्तिक १७ गते १४:००     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाल्पा र घोराहीको उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यलयको रुपमा सञ्चालनमा ल्याएको छ ।

पाल्पा उपशाखा शाखा कार्यालयको रुपमा बुधबारदेखि संचालनमा ल्याएको एसियनले जनाएको छ । दाङ्गको घोराहीको उपशाखालाई स्तरोन्नती गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।पाल्पा तथा घोराही शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी ९५ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै जाने सीईओ श्रेष्ठले जानकारी दिए ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक गरी १५ वटा बीमा योजना ल्याएको छ ।

गत असारसम्म जीवन बीमाकोष १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी भएको छ । चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । निकट भविष्यमा चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.