अनिल शाह पुस १७ देखि सेञ्चुरीकाे सीईओ बन्ने

  २०७४ कार्तिक १७ गते १३:१७     विकासन्युज

काठमाडौं । अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबार सम्हाल्ने भएका छन् ।

हाल मेगाको सीईओ रहेका शाहले त्यहाँ दुई कार्यकाल सकिएपछि सेञ्चुरीमा जान लागेका हुन् ।

सेञ्चुरीको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपछि शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.