मंसिर १ गतेदेखि हस्ताकला व्यापार मेला सुरु हुँदै, १ हजार भन्दा बढीले भाग लिने अनुमान

  २०७४ कार्तिक १७ गते ११:३०     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । आगामी मंसिरदेखि सुरु हुने मेलामा ९ वटा प्याभिलियन सहित करिब २०० स्टल रहनेछन् ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा बिक्रीका लागि राखिनेछन् । १५ औं हस्तकला व्यापार मेला यही मंसिर १ गतेदेखी ५ गतेसम्म चल्नेछ ।

नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकलासँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् ।

सम्पन्न गर्ने कार्यक्रम राखिएको छ उक्त अवसरमा विभागिय मन्त्रीज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ तथा अन्य  विभिन्न व्यापारिक संघ संस्थाहरुका बिशिष्ट ब्यक्तिहरु गरी १००० भन्दा बढीको समारोहमा उपस्थिति रहने अपेक्षा राखिएको छ ।

नेपाल हस्तकला महासंघले हस्तकला उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यबाट २०४८ साल देखि ब्यापार मेला आयोजना गरीरहेको छ ।

नेपाल हस्तकला महासंघको आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेन्डर इभेन्टको रुपमा प्रत्येक वर्ष प्राय मंसिर महिना भित्र महासंघले व्यापार मेला आयोजना गर्दे आई रहेको छ ।

नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको महासंघले जानकारी दिएको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत झण्डै ८० मुलुकहरुमा ५० भन्दा बढि विभिन्न थरिका हस्तकला बस्तुहरुको १० को हाराहारीमा निर्यात रहेको छ । यसको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब बराबरको रहेको महासंघको अनुमान छ । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा वढि ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

हस्तकला क्षेत्रले रोजगारी सिर्जनाको साथै दर घटाई गरिवी न्यूनिकरणमा पनि महत्वपूर्ण योगदान पुर्‍याईरहेको छ । आयात र निर्यात वीचको दूरी दिन प्रति दिन फराकिलो हुदै गई व्यापारघाटा दिन प्रति दिन चुलिदै गएको अवस्थामा हस्तकला जस्ता निर्यात मूलक उद्योग ब्यबसायको विकास र विस्तार हुन सकेको खण्डमा ब्यापार घाटा न्यूनिकरणमा पनि ठूलो सहयोग पुग्न जाने महासंघले बताएको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय जगतमा मुलुकको पहिचान र राष्ट्रिय गौरवलाई पनि उच्च तुल्याएका छन् ।

कृषिजन्य उद्योग ब्यवसाय पछि हस्तकला उद्योग ब्यबसायबाट नेपाली यूवा पिढीलाइ स्वरोजगार हुने प्रसस्त अबसर सिर्जना गर्न सकिन्छ । देशभित्र रोजगारीको प्रचुरता बढाई भविष्यका कर्णधार र आशाका दीप उर्जाशील यूवाहरु बिदेशी भूमिमा गएर श्रम र पसिना बगाउनु पर्ने अवस्थालाई निरुत्साहित गर्न सक्ने उद्योग क्षेत्रको रुपमा हस्तकला उद्योग व्यवसायलाई बिकास गर्न सकिने ठूलो संभाबना पनि रहेको महासंघले बताएको छ ।

व्यापार मेलामा नेपाल भित्रबाट महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध र नेपाल सरकारको गरिबी निवारण कोष समेतको सहयोगितामा करिव २५ वटा जिल्लाका उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिको प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई पनि उच्च प्राथमिकता दिई प्रदर्शनी तथा बिक्रीको लागि राखिने महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.