“प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७” प्रतियोगिताका लागि आवेदन खुला, १८ देखि ३० वर्षका पुरुषले भाग लिन पाउने

  २०७४ कार्तिक १४ गते १७:५७     विकासन्युज

काठमाडौं । प्रोस्टाइल र ग्रुपअफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ आयोजना गर्ने समझदारी भएको छ । प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा यो प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको हाे ।

यो कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्नेछन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम मंसिर ८ गतेसम्ममा सुनधारास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइ सक्नुपर्नेछ ।

यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३० वर्षका नेपाली युवाहरू हुनुपर्नेछ जसको उचाइ ५ फिट १० इन्चभन्दा बढी र कम्तीमा स्नातकपास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले १४ पुस २०७४ मा हायत रिजेन्सीमा हुनेछ ।
विजेताले म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टर ग्लोबल २०१८ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१८ मा भाग लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.