सार्वजनिक विदाको दिन पनि बैंक, बीमा र अत्यावश्यक सेवाप्रदायक कम्पनी खुला राख्न माग

  २०७४ कार्तिक १० गते १६:४३     विकासन्युज

काठमाडौं । सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा घोषणा गरेको र उद्योग, व्यापार तथा व्यवसाय गर्ने वातावरण विगारेको भन्दै नेपाल चेम्बर अफ कमर्शले सरकारको आलोचना गरेको छ ।

‘संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको छ’ नेपाल चेम्बर अफ कमर्शले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘व्यापार घाटाले मुलुक आक्रान्त वनेको छ भने सरकारी कामका सेवाग्राही पीडित भएका छन् ।’

छठ पर्वको नाममा सरकारले २ दिन सार्वजनिक विदा दिएपछि चेम्बरले सरकारको आलोचना गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

‘नेपाल धेरै जातजाति, भाषा, धर्म, संस्कृतिको बसोबास भएको देश हो । हामी नेपालीहरुका धेरै परम्परा, जात्रा पर्वहरु पनि छन् । यहाँंका चाँंडपर्व उल्लासमय रुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो’ चेम्बर अफ कमर्शले जारी गरको विज्ञप्तीमा भनिएको छ–‘तर यसप्रकार विदाहरु दिंदा आर्थिक एवं वित्तीय संस्थाहरुमा सुचारु रुपले सञ्चालन हुनुपर्छ ।’

सरकारले सार्वजनिक विदा गरेको दिन पनि यायायात, सञ्चार, पर्यटन क्षेत्र सुचारु भए जस्तै बैंक, बीमा लगायत सार्वजनिक तथा अत्यावश्यक सेवा सुचारु हुनुपर्ने माग चेम्वरले सरकारलाई पटक पटक राखेको स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.