सुजुकी मोटरसाइकलको नयाँ शोरुम पोखरामा

  २०७४ कार्तिक १० गते १६:१९     विकासन्युज

काठमाडौं । नेपालका लागि आधिकारीक आयातकर्ता भिजी अटोमोवाइल्सको पोखरा क्षेत्रको लागि आधिकारीक विक्रेता हिमालय अटो वर्ल्डले पोखरामा नयाँ शोरुमको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन व्यवसायी तथा उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले गरेका हुन् ।

कार्यक्रममा पालिखेले सुजुकी मोटरसाइकल तथा स्कुटरको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा छिटो छरितो हुनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

उक्त उद्घाटन समारोहमा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको जानकारी गराए ।

हाल सुजुकी जिक्सर १५५, हयाते ११५, लेट्स ११५ तथा मोटो जिपि १५५ र एक्सिस १२५ सिसिका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध रहेका छन् । हाल बजारमा आएको १२५ सी सी सेग्मेन्टमा नेपालकै एक मात्र स्कुटर एक्सिस भएको कम्पनीले जनाएको छ ।

उक्त स्कुटरमा डिक्स ब्रेक, मेटल बडि, २२ लिटर बराबरको पेट्रोल क्षमता, क्रोम हेडलाइट, प्रोसस्पेन्सन सक साथै पाँच बर्ष सम्मको इन्जिन वारेन्टि सुविधा समेत रहेको जानकारी दिए । साथै, सम्पूर्ण नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा सरल सुलभ दरमा स्पेयर्स उपलब्ध गराउने कम्पनीको प्रतिवद्धता रहेको छ ।

कार्यक्रममा हिमालय अटो वर्ल्डकी प्रोप्राइटर मिलन थापाले प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.