ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन

  २०७४ कार्तिक ६ गते १४:३०     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । संघको ३८ औं वार्षिक साधारण सभा पश्चात भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योग तर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागत तर्फ वीरेन्द्रलाल श्रेष्ठ छन् भने वाणिज्य तर्फ उपाध्यक्षमा रुपकुमार शाक्य चयन भएका छन् । त्यस्तै, महासचिवमा मनोजबहादुर न्याछ्यों, कोषाध्यक्षमा सचेन्द्रराज जोशी चयन भएका छन् ।

सदस्यहरुमा उद्योग तर्फ सुनिल शाक्य, सुसन महर्जन, मिलन शाक्य, कृष्ण श्रेष्ठ, रमेश सिं महर्जन र श्रीजेश लाल शिल्पकार चयन भएका छन् । यसैगरी वाणिज्य तर्फ लजना श्रेष्ठ, भूमि नन्दन कर्माचाय, रुपेन्द्र राज शाक्य, महेश श्रेष्ठ, सबिन लाल प्रधान, उसन बज्राचार्य र रुपक मान महर्जन छन् ।

संस्थागत तर्फ निर्विरोध राजेन्द्र कुमार श्रेष्ठ र एशोसियट तर्फ राकेश भक्त मुल्मी चयन भएका छन् ।

निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई मतगणना सके लगतै निर्वाचन समितिले संघको सभाकक्षमा स्वागत गर्दै निर्वाचित प्रमाणपत्र वितरण गरिएको थियो ।

निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुद्धारा आइतबार संघको सचिवालयमा शपथ ग्रहण भएको थियो । शपथ ग्रहण संघका वर्तमान अध्यक्ष सबिन श्रेष्ठले नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनलाई गराइएको थियो भने पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनले शपथ ग्रहण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.