तिहारलाई रोमाञ्चक कसरी बनाउन सकिन्छ ? यस्तो छ टिप्स

  २०७४ कार्तिक ३ गते ९:०९     विकासन्युज

काठमाडौं । देउसीभैलो, झिलीमिली बत्ती, दाजुभाई दिदी बहिनीबीचको आत्मीयताको विकास प्रमुख विशेषता हो तिहारको । तिहारमा तास खेल्ने पुरानो परम्परा रहेकाले परिवारसँग तास खेलेर मनोरञ्जन लिन सकिन्छ । तर यो तिहारलाई तासमा मात्र सीमित नराखौं । तिहारमा ठुलो पार्टीको आयोजना गर्न सकिन्छ । तर कसरी ?

पार्टी गर्नका लागि ठूलै खर्च गर्नुपर्ने आवश्यकता छैन । मात्र केहि साधारण कुरामा ध्यान पुर्याहउनु आवश्यक छ, जसले तपाईंको तिहार यादगार हुनेछ । यस्तो पार्टीका लागि तीन साता अगाडीदेखि तयारी गर्नुपर्छ । यदी तपाईंलाई धेरै ठूलो पार्टी मनाउनु छैन भने एक दिनको तयारी पनि गर्न सकिन्छ ।

सबैभन्दा अगाडी निम्तो गर्ने पाहुनाहरुको सूची तयार गर्नुपर्छ । सूची धेरै लामोपनि बनाउनु हुँदैन, नत्र पार्टीको व्यवस्थापन गर्न सकिदैन । ४० भन्दा बढी पाहुनालाई राख्नुहुदैन ।

आफ्नो पार्टीका लागि पहिले नै थीम बनाउनुपर्छ । सजावटमा ताससँग मिल्दोजुल्दो रंग वा डिजाइनको प्रयोग गर्न सकिन्छ । तिहारमा बत्तीको आकर्षण हुने भएकोले तडक भडक हुने किसिमका झिलमिली रंगको प्रयोग गर्न सकिन्छ । तिहारमा निलो, पर्पल, गुलाबी र सुनौलो रंगको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसबाहेक सजावटमा फेयरी लाइट, दियो र सानो सानो क्याण्डलको प्रयोग गर्न सकिन्छ । यदी फुलको सजावट गर्ने सोचमा हुनुहुन्छ भने पार्टी नसकिदै फुल मुर्झाउन पनि सक्छ । त्यसैले नक्कली फुलको पनि प्रयोग गर्न सकिन्छ ।

तिहारमा तस्विरले हाम्रो रमणिय पललाई अझ यादगार बनाइदिन्छ । त्यसैले फोटोग्राफरलाई हायर गर्नु उपयुक्त हुन्छ । यदी मोबाइलबाटै काम चलाउने विचारमा हुनुहुन्छ भने मोबाइलबाट लिएको तस्विर क्यामरा जतिको राम्रो रिजोलुसनको हुदैन ।

गिफ्टले तपाईंको तिहारलाई अझ रोमाञ्चक बनाइदिन्छ । गिफ्टमा हातैले बनाएको तोरण, क्यान्डल्स र नयाँ हस्तकलाका सामग्री दिन सकिन्छ । मिठाई वा चकलेट दिने चलन सबैभन्दा बढी चलेको छ ।

पार्टीमा सबैले रुचाउने विषय भनेको खानपिन हो । त्यसैले पार्टीमा खाजा, फास्ट फुड वा सेलरोटीको पनि व्यवस्था गर्न सकिन्छ । खादैं तास खेल्दा छुट्टै मनोरञ्जन प्राप्त हुन्छ । यस्तोमा स्वस्थवर्धक खाना र डाइट कन्सस व्यक्तिलाई मध्यनजर गर्नु आवश्यक छ ।

(नवभारतटाइम्सको अनलाइन संस्करणबाट भावानुवाद गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.