देवी एक: रुप अनेक, नेपालमा मात्र होइन विदेशमा पनि मनाइन्छ लक्ष्मी पूजा

  २०७४ कार्तिक २ गते १०:००     विकासन्युज

काठमाडौं । तिहारको अवसरमा हाम्रो देशमा सबैका घरमा लक्ष्मी पुजा हुने गरेको छ । तर एउटा अनौठो कुरा – धेरैलाई थाहा नहुन पनि सक्छ । विदेशमा पनि फरक फरक ढंगले लक्ष्मी पुजा गरिन्छ । यद्दपी नेपालमा जस्तो अन्य मुलुकमा विष्णुकी पत्नी र कमलको फुलमा विराजमान देवीको रुपमा लिइदैन ।

पौराणिक कथा अनुसार, एकपटक लक्ष्‍मी धर्तीवासीसँग रिसाएर धरतीमा अन्नको उत्पादन नै बन्द भएको थियो । भोकले मानिस तड्पिन थाले । जब लक्ष्‍मीको रिस मरेपछि अन्नपूर्णको रुपमा प्रकट भएको भक्तहरुको भोक मारेको किंवदन्ती छ । रोममा लक्ष्मी मातालाई अन्नपूर्णको रूपमा पुजा गरिन्छ । अन्न प्रदान गर्ने लक्ष्मी देवीलाई सिरिनदेवीको नामले पनि चिनिन्छ ।

गाईलाई हिन्दू धर्ममा माता लक्ष्‍मीको रुपमा मानिन्छ । संसामार दूधको सर्वाधिक उत्‍पादन गर्ने देश डेनमार्कमा गाईलाई नै खुशी र समृद्धिको देवि मानिन्छ ।

हिन्दुधर्ममा उल्‍लुलाई लक्ष्‍मीको बाहान भनिन्छ । तर यूनानको धार्मिक ग्रन्थअनुसार लक्ष्मीको बाहान मयुर हो। यूनानमा देवी लक्ष्मीलाई हेरा वा जूनो नामबाट परिचित मानिन्छ । हेरा आकाशमा रहन्छिन् र खेतलाई हरियो परियो राख्छिन् । कृषिकी देनी जूनो लाई ग्राम लक्ष्मीको उपमा दिइन्छ ।

हामी हातमा कमल भएकी लक्ष्‍मीको पुजा गर्छौं, तर मिस्रमा लक्ष्मीको हातमा साप धारण गरिएको हुन्छ । यी देवीले संकटमा रक्षा गर्ने मिस्रवासीहरुको विश्वास छ । यी देवीको कृपाले सुख, सम्पत्ती र खुशियाली आउने विश्वास छ ।

फ्रान्समा लक्ष्मीलाई फ्लोरा देवीको नामबाट चिनिन्छ । उनको श्रृंगारपनि फुलबाट गरिन्छ । किंवदन्ती अनुसार फ्लोरा देवी भक्‍तजनहरुलाई जीवनमा खुशियालीको बहार ल्याउछिन् । फ्रान्समा महिलाहरु फ्लोरा देवीको कृपा पाउनका लागि फुलले कपाललाई सजाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.