जगदम्बा सिमेन्टले उत्पादन दोब्बर वृद्धि गर्ने, वीरगञ्जमा स्तरवृद्धि र भैरहवामा नयाँ उद्योग थप्दै

  २०७४ कार्तिक १ गते १८:०२     विकासन्युज

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर वृद्धि गर्न लागेको जनाएको छ । कम्पनीले विरगञ्जमा रहेको उद्योगको क्षमता विस्तार गर्न लागेको र भैरहवामा नयाँ उद्योग खोल्ने लागेको छ ।

कंम्पनीका प्रवन्धक निर्देशक विष्णुप्रसाद न्यौपानेका अनुसार कम्पनीले निकट भविष्यमा दैनिक १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने तयारी थरिरहेको छ । उनका अनुसार शुभश्री जगदम्बा सिमेन्टले हाल प्रतिदिन २४ हजार बोरा उत्पादन गर्दैै आएकोमा निकट भविश्यमा नै प्रतिदिन ५२ हजार बोरा सिमेन्ट उच्पादन गर्न लागेको छ ।

त्यसैगरी कम्पनीले चाँडैनै तेस्रो उद्योग रुपन्देहीमा स्थापना गरी हरेक दिने ६० हजार बोरा बोरा प्रतिदिन उत्पादन थप्ने कार्य अगाडि बढिसकेको छ । आगामी दिनहरुमा जगदम्बा सिमेन्टले प्रतिदिन १ लाख १२ हजार बोरा उत्पादन पुरयाउने लक्ष्य लिएको न्यौपानेले बताए ।

उत्पादन क्षमता वृद्धिसँगै कम्पनीले विश्वको उच्चस्तरीय प्रविधि एफएलस्मीथ, डेनपार्कको भर्टिकल रोलर मिल प्रयोग गरेको उनले बताए । नयाँ प्रविधिको प्रयोगसँगै शुभश्री जगदम्बाबाट उत्पादन हुने ओपीसी तथा पीएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने उनले बताएका छन् ।

यही असोज २८ गते विरगञ्जमा आयोजित कम्पनीले आफ्ना डिलर तथा च्यानल पार्टरको सम्मेलनमा कम्पनीले क्षमता विस्तार गर्न लागेको बारेमा न्यौपानेले कम्पनीको योजना सार्वजनिक गरेका हुन् । कम्पनीले हाल १० भन्दा बढी ब्राण्ड उत्पादन गर्दै आएको र ६०० भन्दा बढी च्यानल पार्टनरहरु रहेको जनाएको छ ।

करिब २०० भन्दा बढी च्यानल पार्टर उपस्थिति रहेको उक्त कार्यक्रममा जगदम्बा सिमेन्टकोका अध्यक्ष शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णुप्रसाद न्यौपाने, कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोवाईल एपद्धारा कम्पनीका च्यानल पार्टनर लगायत उपभोक्तालाई पनि सहज र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहेको र भावी दिनहरुको आफ्ना संजाल उद्योग, प्रविधी तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान गर्ने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला रहिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.