गोल्डस्टार जुत्ताको नयाँ सोरुम अब सिभिल मल र जमलमा

  २०७४ असोज ३१ गते १८:१०     विकासन्युज

काठमाडौं । गोल्डस्टार जुत्ताको पहिलो सोरुम अब सिभिल मल र जमलमा सञ्चालन भएको छ । यस जुत्ताको आधिकारीक उत्पादक किरण सुज म्यानुफ्याक्चरले मंगलबार आफनो पहिलो सोरुम सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज सोरुम जमल स्थित ज्योती मल नजिक उद्घाटन गरेको हाे ।

सो सोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेस गर्नुका साथै प्रसिद्ध हात्ती छाप चप्पल पनि बिक्री वितरणका लागि उपलब्ध गर्नेछ । सिभिल मल स्थित सोरुम चौथौँ तलामा अवस्थित छ भने जमल स्थित फ्रयानचाईज सोरुम, ज्योति मल नजिकै अवस्थित छ ।

कम्पनीका बजार निर्देशक वीदुशी राणले ग्राहकवर्गको बढदो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले भर्खरै नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको जानकारी दिए । साथै, आगामी दिनहरुमा कम्पनीले अधिराज्यभर सोरुम विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । सोरुम फ्रयानचाईजका लागि ईच्छुक फर्म वा व्यक्तिले कम्पनीमा सम्पर्क राख्न सक्नेछन् ।

किरण सुज म्यानुफ्याक्चरले गोल्डस्टारका लागि विभिन्न थरिका जुत्ताहरु उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.