नेसनल ट्रेडिङले १० करोड बचतमा राख्न बैंकसंग माग्यो प्रस्ताव

  २०७४ असोज ३१ गते १७:३३     विकासन्युज

काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य बैंकमा सो रकम राख्ने जानकारी गराएको छ ।

नेसनलले आवश्यक परेको बेला झिक्न मिल्ने, ब्याज दर घटेमा १ महिनाअघि जानकारी दिनुपर्ने भनेको छ । प्रस्ताव पेश गर्ने अन्तिम मिति कात्तिक ८ गतेलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.