कात्तिक ५ गते ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने

  २०७४ असोज ३१ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्न लागेको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले ७ वर्ष अवधिको “विकास ऋणपत्र २०८१ क” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो ।

विकास ऋणपत्र आउदो कात्तिक ५ गते निष्कासन हुने भएको छ । विकास ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् ।

ऋणपत्रको साँवा भुक्तानी ०८१ कात्तिक ६ गते र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र धितो राखेर कर्जा पनि लिने सुविधा रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अनुसार राष्ट्र बैंकले विकास ऋणपत्र उपकरण ल्याउन लागेको हो । चालु आवमा यो उपकरणमार्फत ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.