नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

  २०७४ असोज ३१ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ देखि भदौ ३० गतेसम्म निष्काशन गरेको एफपीओको मंगलबार बाँडफाँट भएको छ । कुल दुई अर्ब ७३ करोड २२ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको उक्त एफपीओमा ९७ हजार ५०० जना आवेदकले मात्र सेयर पाएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २ लाख ५० हजार ५२४ जनाको आवेदन परेको उक्त एफपीओमा गोलाप्रथाबाट जम्मा ९७ हजार ५०० जनाले मात्र १० कित्ता सेयर पाएका छन् ।

कुल आवेदन परेको मध्ये ३ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त एफपीओ निष्काशन पश्चात कम्पनीको पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.