एनबीआई र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

  २०७४ असोज ३१ गते १२:२४     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.