सिटिजन्स बैंकद्धारा धादिङ् र गोरखाको ५/५ वटा गाविसमा नगद वितरण

  २०७४ असोज ३० गते १३:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ् र गोरखा जिल्लाको गरी १० वटा गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले उक्त कार्यक्रम धादिङ्को लापा, झारलाङ्ग, तिपलिङ्ग, रिगाँउ, सेर्तुङ्ग गाविस र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा गरेको हो ।

गत असोज ५ देखि १० गतेसम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हिल्फ/लुथेरियन वर्ल्ड फिडरेसनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो ।

विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.