मोबाइल इम्पोटर्स एसोसिएनशको प्रथम बार्षिक साधारणसभा सम्पन्न

  २०७४ असोज ३० गते १३:२४     विकासन्युज

काठमाडौं । मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन “मोबाइलफोन इम्पोटर्स एसोसिएशन एमपीआईए” को प्रथम वार्षिक साधारणसभा असोज २९ गते सम्पन्न भयो ।

साधारण सभाको अध्यक्षता संगठनका अध्यक्ष दीपक मलहोत्राले गरेका थिए । सभाले ९ सदस्यीय कमिटिको चयनपनि गरेको छ ।

नवनिर्वाचित कमिटिले नेपाल सरकारसँग सहकार्य गरी अबैध तथाअनधिकृत रुपमा कारोबार हुने मोबाइलको कारोबारलाई निरुत्साहित एवं न्यूनीकरण गर्ने छ ।

साथै, सभाले उत्कृष्ट व्यापारिक वातावरणको सिर्जना गरी ग्राहकहरुलाई सहज एवं सुविधा जनक तरिकाबाट उचित प्रतिस्पर्धात्मक वातावरणको निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.