होङ्गसी शिवम् सिमेण्ट खानीसम्म ४० किलोमिटर सडक निर्माण गर्दै

  २०७४ असोज २९ गते १४:१८     विकासन्युज

काठमाडौं । सडक विभागले नपलपरासीको दुम्कीबासदेखि पाल्पाको भुटुकेसम्म होङ्गसी शिवम सिमेण्टको चुनढुङा खानीसम्म पुग्न सडक निर्माण गर्ने भएको छ ।

यस सडकको लम्बाई ४० किलोमीटर हुने भु–वातावरण तथा सामाजीक शाखाले जनाएको छ । सडक नवलपरासीको विनयी त्रिवेणी गाउँपालीकाको दुम्कीबासबाट शुरु भई पाल्पाको निस्दी गाउँपालीकाको भुटुकेसम्म जोडिने छ ।

कम्पनीलाई सिमेन्टको कच्चापदार्थ क्लिङकर उत्पादनका लागि चुनढुङा खानी आवश्यक परेको हो । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने उद्योगमा चीनबाट ३७ अर्ब रुपैयाँ वैदेशिक लगानी आएको छ ।

लगानी बोर्ड र होङसीबीच आयोजना लगानी सम्झौता भइसकेको छ । होङसीले कारखाना निर्माणको काम थालेको छ । आउदो २ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको छ ।

यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र नपलपरासीको विनयी त्रिवेणी गाउँपलीकाको वडा नं. १, २, ३ र ४(साविक वेणीमणिपुर गाविस) तथा पाल्पाको निस्दि गाउँपलीकाको वडा नं. ७ (साविक ज्यामिरे गाविस) रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.