साढे ४८ मेगावाटको खिम्ती २ मा १० बैंकको साढे ६ अर्ब ऋण लगानी, ६ वर्षमा बिजुली बल्ने

  २०७४ असोज ८ गते १९:४३     विकासन्युज

काठमाडौं । पिपल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८.८ मेगावाटको खिम्ती २ जलविद्युत आयोजनामा १० बैंकले साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र आयोजनामा लगानी गर्न नेतृत्व गरेको सानिमा बैंकबीच आइतबार ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार १० बैंकले आयोजनामा ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । लगानी जुटेकाले आयोजना बन्ने निश्चित भएको छ । जलविद्युत आयोजनाको मूख्य समस्या लगानी जुटाउनु हो ।

आयोजनामा सानिमाका अतिरित्त सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एसिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाण्डु, सिभिल बैंक, ग्लोवल आईएमई बैंक र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ऋण लगानी गर्ने भएका हुन् । सम्झौतामा बैंकको तर्फबाट सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल र पिपल्सका अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

आयोजनाबाट आउदो ६ वर्ष अर्थात ०७८ असारसम्म बिजुली उत्पादन हुने कम्पनीका अध्यक्ष आचार्यले बताए । आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्ने उनले जानकारी दिए ।

नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सिभिल निर्माणका लागि बोलपत्र आब्हान गरी मूल्याँकनको क्रममा रहेको पिपल्सले जनाएको छ । आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको, जग्गा खरिद सम्पन्न र खिम्तीखोलामा पुल निर्माण भइरहेको सो अवसरमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.