‘हुन्डाई हाईवे एसुरेन्स’ आयोजना शुरु, हाईवेमा फ्रि चेक अप क्याम्पको स्थापना

  २०७४ असोज ८ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले ‘हुन्डाई हाईवे एसुरेन्स’ हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।


ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड (काँकड्भित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरीेएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीे सम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको कम्पनीले जनाएकाे छ । यो कार्यक्रम असोज ९ देखी १२ गते सम्म बिहान १० बजे देखी साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.