एनसीसी बैंकको नयाँ शाखा रामहिटीमा

  २०७४ असोज ८ गते १७:०६     विकासन्युज

काठमाडौं । आइतवार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका छन् ।

बैंकले यस अघि असोज ६ गते शुक्रवार सूर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.