कतारकाे अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु

  २०७४ असोज ८ गते १४:४९     विकासन्युज

काठमाडौं । कतारको अल जमान एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा शुरु गर्ने सम्झौता भएको छ ।

सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्धनिर्देशक चन्द्र टण्डनले र अल जमान एक्सचेन्जको तर्फबाट चिफ अपरेटिङ अफिसर जुबियार अब्दुल रहिमानले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।

यस सम्झौता पश्चात कतारमा हुने नेपालीहरुले कुनै पनि अल जमान एक्सचेन्जको ७ वटा भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.