प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने

  २०७४ असोज ८ गते १३:०८     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ३२ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

उक्त सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.