कैलाश विकास बैंकले १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश दिने

  २०७४ असोज ८ गते १२:०४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले ९.५० प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत वर्षको मुनाफा बाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २९ करोड १४ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.