नेपाल टेलिकमले प्रीपेड ग्राहकलाई ऋण दिने, ब्याज नलिने

  २०७४ असोज ८ गते ११:२१     नारायण पौडेल

काठमाडौं । नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका लागि खुसिका खबर आएको छ । टेलिकमको प्रीपेड सिमबाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएर बिचमै फोन काटिने समस्या अब समाधान हुँदैछ । किनकी नेपाल टेलिकमले आफ्ना प्रीपेड ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ ।

सापटी लिएपछि ब्याज(सेवा शुल्क) कति लाग्ला भन्ने जिज्ञासा पनि तपाईको मनमा आउन सक्छ । त्यसमा पनि चिन्ता नगर्नुस, टेलिकमले बिना ब्याज(सेवा शुल्क बिनै) त्यस्तो सापटी(ऋण) उपलब्ध गराउन लागेको हो । ‘प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन(ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा सञ्चालनमा ल्याउने तयारी कार्य गरिरहेको छ’, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले भनिन् ।

उनले टेलिकमको सेवालाई उपभोक्ता मैत्री र गुणस्तरिय बनाउन सेवा शुल्क बिनै निश्चित रकम सापटी(ऋण) दिन लागिएको बताईन् । यद्यपी ब्याज बिना कति रकम ऋण दिने भन्नेबारे भने यकिन भैसकेको छैन् । टेलिकमका सयहाक प्रवक्ता सोभन अधिकारीले पनि सापटी योजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्रिपेड ग्राहकलाई बिना ब्याज ऋण दिने सम्बन्धी तयारी धेरै अघि बढिसकेको छ, चाँडै उपभोक्ताले सुबिधा उपयोग गर्न पाउनेछन’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।

यस अघि नै एनसेलले आफ्ना प्रीपेड ग्राहकहरुलाई सापटी दिँदै आएको थियो । यद्यपी एनसेलले सेवा शुल्क वापत २ रुपैंयाँ ५१ पैसा असुल्दै आएको छ । नेपाल टेलिकमले भने सेवा शुल्क नलिएरै सापटी दिन लागेको हो । व्यवस्थापिका संसदको विकास समितिले सापटी योजना ल्याउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.