फुकोट कर्णाली आयोजना-एचआईडीसीएलले लगानी जुटाउने र विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने

  २०७४ असोज ८ गते ८:४५     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल) ले ४२६ मेगावाटको फुकोट कर्णाली आयोजनालाई लगानी जुटाउने भएको छ ।

एआईडीसीएलले आफुलगायत कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको लगानी हुने गरी छलफल थालेको छ ।

आयोजनामा १५ प्रतिशत स्वपुँजी (इक्युटी) लगानी गर्न लागेको एचआईडीसीएलले अन्य गैरवित्तीय संस्थासंग लगानी जुटाउनका लागि छलफल थालेको हो ।

फुकोट कर्णाली आयोजना आफनो नेतृत्वमा लगानी जुटाउने काम भइरहेको एआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।

नेपाल विद्युत प्राधिकरण अन्र्तगतको विद्युत उत्पादन कम्पनी लिमिटेडसंग आयोजनामा लगानी गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनले छिट्ट विद्युत उत्पादन कम्पनीसंग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने पोखरेलले बताए ।

एचआईडीसीएलले फुकोट कर्णालीमा इक्वीटीका अतिरिक्त ऋण पनि लगानी गर्ने योजना उनले सुनाए । “विद्युत उत्पादन कम्पनीले आयोजना प्रवद्र्धन गर्छ हामी आवश्यक लगानी जुटाउने छौ”उनले भने “ हिस्साअनुसार प्रतिफल बाँडिने गरी आयोजना बनाउने सोचाई बनाएका छौ ।” कर्मचारी संचय कोष, नागरिक लगानी कोष र बीमा संस्थानसंग पर्याप्त पुँजी रहेकाले लगानीको समस्या नभएको उनको भनाई छ ।

यता एचआईडीसीएलले जलविद्युतमा थप लगानी जुटाउन ३० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । सरकार स्वामित्वको एनईए इन्जिनियरिङ कम्पनी लिमिटड (एनईसी) ले फुकोट कर्णालीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम सुरु गर्न लागेको छ ।
विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णालीको संभाव्यता अध्ययन गरी डीपीआर तयार पार्ने छ । आयोजनाको अध्ययन गर्न एनईसीले विज्ञ प्राविधिक सहयोग समूह (टीएसजी) मागेको छ ।

जलविद्युत इन्जिनियर, हाइड्रोलोजी विज्ञ, जिओटेक्निकल इन्जिनियर, स्टक्चरल इन्जिनियर, बाँध इन्जिनियर, सिस्मोलोजिकल एक्सपर्ट, इलेक्ट्रोमेकानिकल विज्ञ मागेको छ ।

यस्तै हाइड्रोमेकानिकल इन्जिनियर, सुरुङ इन्जिनियर, वित्तीय तथा आर्थिक विश्लेषक, ऊर्जा प्रणाली विज्ञ, निर्माण योजनाकार, ठेक्का विज्ञ र टिम लिडर नियुत्त गर्न लागेको छ ।

जलविद्युत आयोजनामा परामर्श सेवा उपलब्ध गराउन एनईसीको स्थापना भएको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७/१७ र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को १५ प्रतिशत सेयर लगानी छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ ।

प्राधिकरणले स्वदेशी तथा विदेशी संस्थाबाट परामर्श सेवा खरिद गर्दे आएकोमा अबदेखि एनईसीमार्फत ठुला तथा साना आयोजनाको संभाव्यता अध्ययन र डीपीआर तयारीको काम हुने छ ।

आयोजना क्यू ४० मा आयोजना निर्माण गर्दा लागत करिब ४१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अर्थात ४० करोड ८० लाख अमेरिकी डलर) अनुमान गरिएको छ । यही डिजाइनमा क्यू २५ मा निर्माण गर्दा लागत करिब ६१ अर्ब ८६ करोड रुपैयाँ अर्थात ६० करोड डलर अनुमान गरिएको छ ।

यता सञ्चय कोषले ६८८ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कोषले आयोजना निर्माणका लागि वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड स्थापना गरेको छ । कोषले वर्षेनी सञ्चयकर्तालाई प्रदान गर्ने नाफा रकम आयोजनामा लगानी गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.