नेपाल बङ्गलादेश बैंकको थप तीन शाखा दलदले, ईटहरी र सिन्धुवामा

  २०७४ असोज ६ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ४८ औं ,४९ औं र ५० औं शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको दलदले, ईटहरी बजार र सिन्धुवा बजारबाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ ।

उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीद्वारा उद्घाटन गरिएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । साथै, सोहि परिसरमा एटिएम सेवाहरु पनि थप गरेको जानकारी गराएको छ ।

यी ३ थप शाखाहरु सहित बैंकले ५० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४७ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंकले आ. व. २०७३/७४ मा कूल निक्षेप ४३ अर्ब ७१ करोड रुपैयाँ र कूल कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.